
काठमाडौँ: अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १३३ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३३ जनाको मृत्यु भएको हो।


साथै काठमाडौँ उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४५ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६७ जनाको उद्दार गरिएको छ। बाढीपहिरोमा परी ७ जना बेपत्ता रहेको जनाइएको छ। बेपत्ताको खोजी कार्य जारी छ। यस तथ्यांकमा सिमलताल घटनाको क्षति जोडिएको छैन।
बाढीका कारण जम्मा १८४ घर डुबानमा परेका छन्। २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५९७ पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १८ परिवार विस्थापित भएका छन्।
