Skin_Hospital_Dhn

चर्च क्षेत्रमा कुनै पनि व्यवसाय नगर्न धनगढी उपमहानगरको निर्देशन

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्च क्षेत्रमा कुनै पनि व्यवसाय नगर्न निर्देशन दिइएको छ। उपमहानगरपालिकाले मंगलबार ७ नम्बर वडा कार्यालयलाई एक पत्र काट्दै सो निर्देशन दिइएको हो।

उपमहानगरपालिकाले सोमबार मेइन धनगढी प्राइभेट लिमिटेडलाई लिखित जवाफ तथा प्रमाणहरु पेश भन्दै पत्र लेखेको थियो। मेइन धनगढीले हालसम्म प्रमाण कागजात उपलब्ध नगराएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले वडा कार्यालयलाई चर्च निर्माण् गरिएको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने हुँदा हाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उक्त फर्मले उक्त स्थानमा कुनै पनि व्यवसाय नगर्न नगराउनका लागि आवश्यक कार्य गर्न भनेको छ।

‘…पत्रबाट लिखित जवाफ तथा प्रमाणहरू माग गर्दा हालसम्म प्रमाण कागजात उपलब्ध नगराएकोमा थप जानकारी लिँदा तहाँ वडा कार्यालयबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ (२) (ञ) को (६) बमोजिम प्रमाण पत्र नं. ७००-०७–१२–०३१२, मिति २०८०/०४/२२ गते लेट मेइन धनगढी प्राइभेट लिमिटेडको नाउँमा दर्ता भएको र प्रमाण पत्र नं. ०७–२२–०२७५ मिति २०८१/०१/१६ गते नेपाल लाइफ वर्ड मिसनको नाउँमा दर्ता भएका फर्महरुले व्यवसाय दर्ता प्रमाण पत्रमा उल्लेख गरेको विवरणभन्दा फरक ढंगले कार्य गरेको भनी जनगुनासो आएकोले सो सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने हुँदा हाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उक्त फर्मले उक्त स्थानमा कुनै पनि व्यवसाय नगर्न नगराउनका लागि आवश्यक कार्य गर्न हुन जानकारीका लागि अनुरोध छ ।’ प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले लेखेको पत्रमा उल्लेख छ।

उपमहानगरपालिकाको पत्र– 

सम्बन्धित समाचारहरू– 

चर्च निर्माणका विषयमा धनगढी उपमहानगरले भन्यो–२४ घन्टाभित्र जवाफ पेश गर्नू

धनगढीमा चर्च निर्माण : क्रिश्चियन धर्मका नाममा बालबालिका र अभावमा परेका प्रयोग !

सम्बन्धित
Loading...