आजको मौसम सामान्यतया सफा

काठमाडौं ।

हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाई रहेको छ ।

सम्बन्धित
Loading...