Skin_Hospital_Dhn

उद्योग स्थापना गर्न सरकारले सुविधा दिन्छ तपाईँहरू आउनुहोस् : मुख्यमन्त्री शाह

धनगढी । प्रजातन्त्र दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीको अवसर सृजना नभई दैनिक विदेश जाने वातावरण रोक्न नसकिने बताएका छन् ।

 

त्यसका लागि कृषि ,पर्यटन र औद्योगिक क्षेत्रमा विशेष योजना बनाएर जानुपर्ने उनले बताएका हुन् ।
प्रदेशमा रोजगारी सृजना गर्न उद्योगका हकमा लगानीकर्ता उद्यमीहरूलाई प्रदेश सरकारले दिनुपर्ने सेवासुबिधा दिन तयार रहेको पनि बताएका छन् । ‘यो प्रदेश सरकारले के सुविधा दिनुपर्ने हो रु हामी तयार छौ , आउनुहोस् तपाई लगानी गर्नुस् , काम गर्नुस् , राज्यका तर्फबाट यो चिज भएन भन्ने वातावरण हामी दिँदैनौ , खुला रूपमा हामी आव्हान गर्छौ, कुनै पनि  क्षेत्रमा उद्योग स्थापना काम गर्न चाहने व्यक्ति वा समूहलाई स्वागत छ । सुदूरपश्चिमको समग्र विकासका लागि तपाईँहरूको पनि भूमिका रहोस् र यहाँ उद्योग स्थापना गर्न तपाईँहरू पनि अगाडि बढिदिनुस् ,सहकार्य गरौँला उनले भने’ ।

 

साथै मुख्यमन्त्री शाहले सुदूरपश्चिमका सरकारको अहिले बनेको क्याबिनेट बाट भ्रष्टाचार सम्बन्धी समस्या समाधानका लागि के के गर्न सकिन्छ भनेर सचिवको संयोजकत्वमा समिति बनाएर १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी काम भइरहेको समेत बताएका छन् ।
Loading...