
धनगढी ।
कैलालीबाट लागु औषध खैरोहेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप—महानगरपालिका ७ थारु छत्राबास नजिक बस्ने २६ वर्षीय अछय चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

हिजो (आइतबार) साँझ प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले कैलालीको धनगढी उप—महानगरपालिका ७ थारु छत्राबास नजिक बस्ने २६ वर्षीय अछय चौधरीलाई शङ्का लागी चेकजाँच गर्दा निजको साथबाट ८ ग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
