
दार्चुलाः दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा मनबिर बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

नौगाड गाउँपालिका–३ खारका राईमल सिंह बोहराको ३५ वर्षीय छोरा मनबिर बोहरा (मानसिक सन्तुलन ठिक नभएको) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

इलाका प्रहरी कार्यालत गोकुलेश्वर दार्चुलाबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको सिंहले जानकारी दिए ।
