

धनगढी ।
जानकी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका–४ मुनुवाका ७१ वर्षीय ठग्न कठरियाको मृत्यु भएको हो । से.६ प ६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कठरियाको आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कठरियाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
