Skin_Hospital_Dhn

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरः करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका ३० वर्षीय रवि लुहार आफ्नै घरमा बिजुलीको वायरिङ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।

करेन्ट लागेर घाइते भएका रविको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...