प्लाष्टिकको बोरामा एक महिलाको शव फेला
बुढीगंगा गाउँपालिका—२ मा प्लाष्टिकको बोरामा शव फेला परेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका—२ मा बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो ।
विराटनगर महानगरपालिका—१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ ।
प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरीयको छ ।