Skin_Hospital_Dhn

आइसिसी विश्वकप लिग—२ः नामिबिया स्कटल्याण्डसंग पराजित

काठमाडौँ ।
स्कटल्याण्डसंग नामिबिया ४३ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी लिग२ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएको हो ।

टस हार्दा ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन बनाएको थियो। स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४७ रन बनाउँदा टोमस म्याकिन्टोसले ३४, रिची बेरिङ्टनले ३२, मिचेल लिस्कले २९ तथा लिआम नयलोरले २० रनको योगदान दिए । बलिङतर्फ नामिबियाका रुबेन ट्रेम्पलमेनले ५ विकेट लिँदा टान्गेनी लुन्गामेनीले २ तथा बर्नाड स्कल्च, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान १ विकेट लिए ।

२२२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नामिबिया १७८ रनमा ३८.४ ओभरमा समेटियो । नामिबियाका लागि लो—हान्द्रे लौरेन्सले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५२ रन बनाउँदा कप्तान गेहर्राड इरसमसले ४३ रन बनाए । त्यस्तै जेन ग्रीनले २५ तथा शाउन फउचे र रुबेन ट्रेम्पलमेनले समान १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।

नामिबियालाई लक्ष्यसम्म पुग्न नदिन स्कटल्याण्डका मार्क वाटले सर्वाधिक ४ विकेट लिँदा मिचेल लिस्कले ३, ब्रान्डन म्याकमुलनले २ तथा क्रिस ग्रेभ्सले १ विकेट लिए।

योसँगै त्रिकोणात्मक सिरिजको चारवटै खेलमा नामिबिया पराजित भएको छ।

जितसँगै ३५ खेलबाट ५० अंक जोडेको स्कटल्याण्ड शीर्षस्थानमा कायम छ भने ३४ खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा कायम छ। दोस्रो स्थानमा ३६ खेलबाट ४४ अंक जोडेको ओमन छ।

सिरिजको अन्तिम खेलमा मंगलवार नेपाल र स्कटल्याण्ड भिड्दैछन्।

सम्बन्धित
Loading...