Skin_Hospital_Dhn

श्रीलंकाले पहिलोपटक जित्यो महिला एसिया कपको उपाधि

काठमाडौं: हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ। पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो।

बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो। पहिलो विकेट भने सस्तैमा गुमाएको थियो। ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट भएकी थिइन्, जतिबेला टिमको स्कोर मात्र ७ रन दियो। तर कप्तान चमारी अथापथ्थु र हर्षिताले पारी सम्हाले।

दुवैले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे। १२औं ओभरको अन्तिम बलमा कप्तान चमारी ६१ रनमा आउट हुँदा श्रीलंकाको स्कोर ९४ रन थियो।

हर्षिताले जिम्मेवारी सम्हालिन् । उनले कभिशा भिलहारीसँग मिलेर श्रीलंकालाई जिताइन्। हर्षिता ६९ र ३० रनमा अविजित रहिन्। ५१ बलको सामना गरेकी हर्षिताले ६ चौका र २ छक्का हानेकी थिइन्।

यसअघि दाम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मान्धानाको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो।

सम्बन्धित
Loading...