राष्ट्रपति चुनावबारे निर्णय लिने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान
काठमाडौं ।
राष्ट्रपति चुनावबारे निर्णय लिने अधिकार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ ।
आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।
२५ फागुनमा हुने राष्ट्रपति चुनावमा पार्टीले लिने कदमबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।