प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँचजना पक्राउ

रौतहट ।
ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँचजनालाइ प्रहरीले पक्राउ गरेको छ ।

Gaurishankar Dental

रौतहट जिल्लाको गौर नगरपालिका—६ स्थित बसपार्कबाट नगरपालिका—४ बस्ने २० वर्षीय सुदर्शन शाहलगायत पाँच जनालाई आज (सोमबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

अस्थायी प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेकोले नियन्त्रणमा लिएको बिषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत पक्राउ गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...