Skin_Hospital_Dhn

पटका विस्फोटमा चारको मृत्यु, दर्जनौं घाइते

एजेन्सी ।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा हिजो (आइतबार) साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु भएको छ ।

उक्त विस्फोटमा परि दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य रहेको बताइएको छ । ब्लिटारका प्रहरी प्रमुख अर्गो वियोनोका अनुसार विस्फोटमा कम्तीमा १३ गाउँले घाइते भएको र २० भन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।

इस्लामिक व्रत रमजानको पूर्वसन्ध्यामा बुबाले बनाएको पटाकाले विस्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरीले घटनास्थलको अनुसन्धान गर्न बम स्क्वाड तैनाथ गर्दै स्थानीयलाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको छ

सम्बन्धित
Loading...