आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, मौसम सामान्यतया सफा

काठमाडौं ।

हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

प्रदेश–१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१ का पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...