आज सेयर बजार बन्द नयाँ सन्देश प्रकाशित मितिः २०७९ फाल्गुन ९, मंगलवार ०८:४९ फाइल तस्विर काठमाडौं । आज (मंगलबार) सेयर बजार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको थियो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।