Skin_Hospital_Dhn

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौंः पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधवार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीवारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

सम्बन्धित
Loading...