Skin_Hospital_Dhn

धनगढी नगर क्षेत्रका समस्या संकलन, छुटेको भए ७ दिनभित्र टिपाउन आह्वान

धनगढी: ब्याग्स अफ होपका युवाले धनगढी उपमहानगरपालिकाका टोल–टोलमा पुगेर त्यहाँका नागरिकका आधारभूत समस्याको पहिचान गर्दैै संकलन गरेका छन्। उपमहानगरपालिकाका १९ वटै वडाका ८५ टोलमा पुगेर स्थाानीयसँग प्रत्यक्ष भेटघाट गरेर युवाहरुले समस्याको पहिचान गरेका हुन्।

उनीहरूले विभिन्न कारणले पुग्न नसकेका टोलहरुबाट समेत समस्या संकलन गर्न थप ७ दिनको समय दिएका छन्। ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले भौतिक रुपमा उपस्थित भएर समस्याको पहिचान र संकलन गर्न नसकेका ठाउँका स्थानीयलाई बुधबार (आज) देखि ७ दिनको समय दिइएको जानकारी दिए।

उनकाअनुसार ब्याग्स अफ होपका कार्यक्रम संयोजक दिपेश बोहोराको ९८६२५२५९७५ र अध्यक्ष जोशीको ९८२४६२१४८८ नम्बरको वाट्सअप मार्फत स्थानीयले आफ्नो गाउँ तथा टोलको समस्या संकलन गराउन सक्नेछन्। नगरबासीले समस्या टिपोट गराउँदा वडा तथा टोलको नाम र समस्याबारे प्रष्ट लेख्नुपर्ने अध्यक्ष जोशीले बताए।

ब्याग्स अफ होपले धनगढी उपमहानगर क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याको पहिचान गर्दै डिकोडिङ धनगढीज सरोज नामक किताब प्रकाशन गर्ने जनाएको छ। संस्थाका कार्यक्रम संयोजक दिपेश बोहोराले धनगढी नगरबासीले भोग्नुपरेका समस्या समेटिएको किताब प्रकाशन गरिने जानकारी दिए।

उक्त किताबमार्फत नियामक निकायहरुलाई पहिचान भएका समस्या सामाधान गरि नगरबासीको सहज जिवनयापन गर्ने वातावरण सिर्जना गर्न दबाब सिर्जना गरिनेछ। किताबमा उपमहानगरपालिकाका समस्याहरुको गम्भीरताका आधारमा वर्गीकरण समेत गरिनेछ।

उक्त किताबलाई औपचारिक कार्यक्रम आयोजना गरि सार्वजनिक गर्दै नगर प्रमुख, प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीसहितका जिम्मेवारी व्यक्ति तथा निकायलाई हस्तान्तरण गरिने ब्याग्स अफ होपले जनाएको छ।

ब्याग्स अफ होपले यसअघि काठमाडौँका ठुला क्याम्पसहरुमा अध्ययन गदै आएका विद्यार्थीसँग सांसद कार्यक्रम चलाएको थियो। उक्त कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री एनपी साउद, जनमत पार्टीका अध्यक्ष सीके राउत, पूव मन्त्री प्रकाशशरण महत, जनार्दन शर्मालगायतका वक्ताहरूलाई राखेर अन्तरसंवाद गरिएको थियो।

सम्बन्धित
Loading...