Skin_Hospital_Dhn

काभा महिला भलिबल लिग : नेपालको सुखद शुरुवात

काठमाडौँ: आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। नेपालले श्रीलङ्कालाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो।

आजको खेल जितेसँगै नेपालले ३ अङ्क जोडेको छ। प्रतियोगिताअन्तर्गत अहिले अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा नेपालसहित, श्रीलङ्का‚ इरान, भारत र माल्दिभ्सको सहभागिता रहेको छ। साउन २३ गतेसम्म हुने प्रतियोगिता दशरथ रङ्गशालास्थित कभर्ड हलमा हुनेछ।

नेपालले साउन १९ गते भारत, साउन २० गते इरान र साउन २१ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन लिगपछि अ्क तालिकामा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमबीच सेमिफाइनल खेलाइनेछ। नेपालले घरेलु समर्थकमाझ खेल्ने भएकाले नेपाललाई पनि भारत र इरानसँगै उपाधि दावेदार मानिएको छ। नेपालले भारत र इरानलाई अहिलेसम्म पराजित गर्न भने सकेको छैन।

सम्बन्धित
Loading...