

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ नवदुर्गा टोलबाट नारायण खड्का लागूऔषधसहित पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका–१२ नवदुर्गा टोल बस्ने २५ वर्षीय नारायण खड्कालाई बिहीवार २४० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
