Skin_Hospital_Dhn

सुदूरपश्चिमका दिदीबहिनीले ल्याए मौलिक तीज गीत ‘किन्दिनु बाबाले झुम्काना’

धनगढी: हिन्दु नारीहरूको महान पर्व तीज नजिकिँदै छ। तीजको अवसर पारेर गीतहरू बजारमा आउने क्रम बढ्दो छ। तर, बजारमा आउने गीतहरू वास्तविक तीजका गीत जस्तै लाग्दैनन्। तीजमा विकृति बढ्दो छ।

यसरी बढ्दो विकृतिलाई निरुत्साहित गर्दै सुदूरपश्चिमका दिदीबहिनीहरूले मौलिक तीज गीत सार्वजनिक गरेकी छन्। बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् मौलिक तीज गीत ‘किन्दिनु बाबाले झुम्काना’ भएको हो। जस गीतलाई सुदूरपश्चिम घर भएका ११ गायिकाले स्वर दिएका छन्।

उक्त गीतमा हेमन्ता भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरूता खत्री, दीपा रोकाया, पशुपति खनाल, भावना चन्द, कृष्णा सिराडी, ऋतु थापा र गौरी ओझाको स्वर छ। हेमन्ता भट्टराईको शब्द/संगीत रहेको गीतमा विजय थापाले संगीत संयोजन गरेका छन्।

वर्षको एकदिन आउने तीजमा छोरीचेलीहरूलाई नाच्न मन लाग्ने भएकाले झुम्काना किन्दिन गीतमार्फत् बुवालाई आग्रह गरिएको छ। गायिक हेमन्ता भट्टराई भन्छिन्, ‘बुवाआमाले किनिदिएको सामान लगाएर दिदिबहिनी साथीसंगी सँग नाच्नु गाउनु खुसी हुनुको मम्जा नै बेग्लै हुन्छ। त्यही प्रसंग जोडेर यो गीत ल्याएका हौँ,’

उक्त गीतको भिडिओमा प्रवीण थापाको निर्देशन रहेको छ। भिडिओमा सिम्रन दुलाल, अनिता साउँदलगायतको नृत्य देख्न सकिन्छ। चक्र बरालले छायांकन गरेको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडिओ– 

सम्बन्धित
Loading...