काठमाडौँ ।
लोसपाका नेताहरूले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।
आज (मङ्गलवार) लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।
लोसपाका प्रवक्ता केशव झाका अनुसार प्रधानमन्त्री दाहालले सकारात्मक जवाफ दिएका छन्।
‘हामीले महन्थ ठाकुरलाई राष्ट्रपतिको सहमतिको उम्मेदवार बनाऔँ भनेर प्रस्ताव गर्यौ। जवाफमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो, झाले भने, ‘यस विषयमा हामी काँग्रेस एमालेसहितका दलहरूसँग पनि आज भोलि नै छलफल गर्छौ।’
प्रधानमन्त्रीसँगको भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरू सहभागी थिए । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेसँगै अहिलेको सत्ता गठबन्धनभित्रबाटै राष्ट्रपति चुनिने सम्भावना कम भएको छ।