Skin_Hospital_Dhn

विश्वकप क्रिकेट लिग २ : नेपालसंग स्कटल्याण्ड पराजित

काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज (मंगलबार) भएको खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै स्कटल्याण्डलाई पराजित गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, काएल कोट्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

सम्बन्धित
Loading...