Skin_Hospital_Dhn

आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

काठमाडौँ:  आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो। मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन्।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन्। सबैले २५ हजार नगद पुरस्कार हात पारे।

सम्बन्धित
Loading...