आजको मौसम: सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली
काठमाडौँ ।
हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश एक, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश एक, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।