
देशलाई कति माया गर्छौ मनबाट भन ।
देशको बारेमा सोच देशको बारेमा भन ।

यो देशको इतिहास जोगाउनु छ ।
हिमाल हेरेर मनलाई रमाउनु छ ।
देशको विकासको बारेमा सोचौँ,सबैले मनबाट सोचौँ ।
राष्ट्र निर्माण कार्यमा सारा नेपाली एकजुट भएर लागौ ।

वीर योद्धा जन्मेको सुन्दर शान्त भूमि हो ।
यहाँको प्रकृतिले मनलाई लोभ्याउने भयो ।
सबैमा एकताको भावना हुनुपर्छ ।
यो देशको उन्नतिमा सबैको ध्यान जानुपर्छ ।
नेपाल आमाको बारेमा सोच्नुपर्छ ।
बाजि थापी ज्यानको यो देशको लागि लड्नुपर्छ ।
