Skin_Hospital_Dhn

ठाकुरले आज राष्ट्रपतिमा समर्थन माग्दै देउवासँग भेटवार्ता गर्ने

काठमाण्डौं ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्ने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिका लागि आफू राष्ट्रिय सहमतिको योग्य उम्मेदवार रहेको दाबी गर्दै शीर्ष नेताहरूलाई भेटिरहेका छन् ।

उनले हिजो (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।

लोसपा अध्यक्ष ठाकुर र कांग्रेस सभापति देउवा बिच भेटवार्ता आज बिहान साढे ९ बजेपछि हुने तालिका छ ।

सम्बन्धित
Loading...