Skin_Hospital_Dhn

जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि वडा अध्यक्ष फरार

दार्चुला ।
जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि वडा अध्यक्ष फरार भएका छन् ।

दार्चुला मालिकार्जुनका  वडा अध्यक्ष मदनसिह धामीलाइ जर्बजस्ती करणीको आरोप लागे लगत्तै उनि फरार भएका हुन् ।

मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामीले सोही गाउँपालिकाकी महिलालाई गत माघ २० गते राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् ।

सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका थिए । फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित
Loading...