
कपिलवस्तु ।
कपिलवस्तुमा लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिकाका दुर्गा जैसवाल लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले महाराजगंज नगरपालिका—६ स्थित कन्चनिया पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित जैसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।

लु.३७ प. ५०७४ नम्बरको मोटरसाइकलमा सवार जैसवाललाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
