छ लाइन सडकमा रोपीएका बिरुवाहरू चोरी गर्न नदिन र तार जाली नाघ्न नदिन नगरप्रमुखको अनुरोध

धनगढी ।
कैलाली भन्सार देखी गेटासम्म रोपिएका बिरुवाहरू चोरी भइरहेको र तार जाली नाघेर सडक क्रसिंग गर्ने काम भइरहेकोले उक्त कार्य नगर्न र कसैलाई गर्न नदिन नगरप्रमुखले अनुरोध गरेका छन् ।

हिजो (मङ्गलवार) सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नगरप्रमुख हमालले उक्त कार्य नगर्न र कसैलाई गर्न नदिन सबैमा अनुरोध गरेका हुन् ।

Gaurishankar Dental

“हामीले प्रत्येक तिन सय मिटरमा मानिसलाई सडक क्रस गर्ने बाटो बनाएका छौ” हमालले भने ‘जालीमाथि टेकेर हाम फाली सडक क्रस गर्ने प्रवृत्ति बढेको छ ।’

केही स्थानमा रोपिएका बिरुवाहरू चोरी भइरहेकोले सडक क्रसिंग गर्ने स्थानबाट मात्र सडक काट्न र आफ्नो नजिकको क्षेत्रमा रहेका बिरुवाको रेख देखीको लागि नगरप्रमुख हमालले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका हुन् ।

 

सम्बन्धित
Loading...