Skin_Hospital_Dhn

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

सम्बन्धित
Loading...