Skin_Hospital_Dhn

लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

धनगढी ।
कैलालीमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका —४ बाट अवैध लागू औषध ब्राउनसुगरसहित २४ वर्षीय निश्चल कार्की हिजो (मङ्गलवार) पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उप—महानगरपालिका।३ बस्ने कार्कीलाई जाँच गर्दा १ सय मिलिग्राम लागू औषध ब्राउन सुगर फेला पारि पक्राउ गरेको प्रहरीले जनाएको छ । ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...