Skin_Hospital_Dhn

एभरेष्ट बैंक र स्मार्टवाच टेक्नोलोजिज लिमिटेडबीच सम्झौता

सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत्

एभरेष्ट बैंक र स्मार्टवाच टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको नयाँ आयामपछि बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एम ‘इबीएल टच–२४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत् गर्न सकिने जनाइएको छ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका हुन्।
स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइमा परेको यस बैंकमा हालसम्म १३ लाख ग्राहक रहेका छन्। यस्तै देशभर १२२ शाखा, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय र १५७ एटिएम सञ्चालनमा रहेका छन्।

सम्बन्धित
Loading...