
धनगढी ।
कैलालीबाट ९ किलो चरेससहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उप—महानगरपालिका–१४ एचगाँउ स्याउले घाटस्थित सीमा इलाकाबाट आज (बुधबार) सशस्त्र प्रहरीले उनीहरूलाई नियत्रन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ बस्ने ४४ वर्षका कुमार पुन, दाङ लालमटिया गाँउपालिका–१ का ३९ वर्षकी पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई नेपालबाट भारत जाँदै गर्दा सशस्त्र प्रहरीले शंका लागेपछि जाँच गर्दा उनीहरूको साथबाट चरेश फेला परेको थियो ।
नियन्त्रणमा लिइएकाहरूलाई बरामद चरेससहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ।
