प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत फेला

सुर्खेत ।
गोली लागी प्रहरी जवान अवस्थामा मृत फेला परेका छन् ।

Gaurishankar Dental

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए ।

गोली लागी मृत जवानको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...