
नयाँ दिल्ली: बलिउड अभिनेता आमिर खानले अभिनयबाट संन्यास लिने भएका छन्।
हालै भारतको सर्वोच्च अदालतमा आमिर खानको फिल्म ‘लापता लेडिज’ देखाइएको थियो। सोही क्रममा आमिरले अभिनय क्षेत्रबाट सेवा निवृत्त हुनेबारे कुराकानी गरेका हुन्।


‘कोरोना भाइरसको महामारीको समयमा मैले फिल्म प्रडक्सन नै आफ्नो करियरको अन्त्य हुने महसुस गरेको थिएँ। म त्यतिबेला ५६ वर्षको थिएँ। यी वर्षमा मेरो उमेर अरू बढी सकेको छ । शायद आफ्नो काम देखाउन मसँग अब १५ वर्ष जति बाँकी होला,’ आमिरले भनेका थिए।
अबका वर्षमा आफूले वर्षमा एउटा मात्रै फिल्म खेल्ने पनि उनले बताए । तर निर्माताको रूपमा भने आफूलाई दम छ जस्तो लागेका सबै कथा कहानी देखाउन सक्ने उनले बताए। आमिर खानले प्रायः बलियो सन्देश भएका फिल्महरू मात्रै गर्छन्।
फिल्म निर्माण गरेर आफूले नयाँ नयाँ आवाज र कहानीलाई मौका दिने उनको भनाइ छ। वर्षमा ४५ वटा जति फिल्म बनाउँछ भन्ने आफूले सोचेको पनि उनले बताएका छन्। ओटीटी प्लेटफर्ममा रिलिज भएको लापता लेडिजलाई दर्शकहरूले निकै मन पराएका थिए।
