काठमाडौं ।
नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । रोल्पा घर भई हाल ललितपुर गोलभट्टा बस्दै आएका २८ वर्षीय प्रकाश घर्ती मगरलाइ प्रहरीले पक्राउ गरेको हो ।
केही व्यक्तिले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको गोप्य सूचना आएपछि अनुसन्धानका क्रममा मगर पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आरोपी मगरको शरीर खानतलासी गर्ने क्रममा ‘बी’ वर्गको सवारी चालक अनुमतिपत्रलाई ‘ए’, ‘बी’, ‘एफ’ & ‘जी’ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
मगरलाई मंगलबार लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको बताइएको छ ।