Skin_Hospital_Dhn

राष्ट्रपति उम्मेदवार तय गर्न नेपाली कांग्रेसको बैठक बस्दै

काठमाण्डौं ।
नेपाली कांग्रेसले आज (बिहिवार) राष्ट्रपति उम्मेदवार तय गर्न बैठक बोलाएको छ।

नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएको हो ।

देउवा निवास धुम्बाराहीमा आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरूले आकांक्षा देखाएका छन् ।

कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्नेबारे सुझाव लिन सभापति देउवाले बैठक राखेका हुन्।

सकेसम्म आजै उम्मेदवार तय गर्ने गरी छलफल गरिने बताइएको छ।

कांग्रेसले चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँत्याएर राष्ट्रपति आफूले लिन खोजेको छ।

सभापति देउवासहित नेताहरूले बुधबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यसबारे कुराकानी गरेका थिए ।

सम्बन्धित
Loading...