Skin_Hospital_Dhn

सन्दीप लामिछाने यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगे

काठमाडौं ।
राष्ट्रिय क्रिकेट टीमका सदस्य तथा पुर्बकप्तान सन्दीप लामिछाने यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगेका छन् ।

लामिछाने आईसीसी क्रिकेट वर्ल्डकप लिग टुअन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगेका हुन् ।

उच्च अदालतको प्रतिबन्ध फुकुवाका लागि सन्दीपले आज (बिहीवार) सर्वोच्चमा निवेदन दिएका हुन् ।

यूएई जानका लागि अनुमति माग्दै सर्वोच्चमा निवेदन दिइएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पुष्टि गरे ।

“आगामी सिरिजका लागि यूएई जान पाऊँ भनेर निवेदन दिएका छौं । भोलिका लागि पेशी तोकिएको छ” घिमिरेले भने ।​

नेपाल—यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । एकदिवसीय वरीयता जोगाउनका लागि पनि उक्त सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

सम्बन्धित
Loading...