Skin_Hospital_Dhn

साताको अन्तिम दिन आज सेयर बजारमा भारी अंकले गिरावट

काठमाडौँ ।
कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा भारी अंकले गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९८ अङ्कले घटेर ३८४.३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

सम्बन्धित
Loading...