कञ्चनपुर ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाइ १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका—१४ बनकट्टीका ५८ वर्षीय हर्कबहादुर ऐडीलाई प्रहरीले हिजो (बुधबार) पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । ऐडीको जल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। ऐडीविरुद्ध २०६२ भदौ २५ गते मुद्दा दर्ता भएको थियो ।
सुरुमा करेन्ट लागेर मृत्यु भएको भनिएकी बनकट्टीकै उजलादेवी खड्काका आफन्तको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो । अनुसन्धानका क्रममा वन्यजन्तुका लागि ऐडीले थापेको विद्युतीय धरापमा करेन्ट लागेर खड्काको मृत्यु भएको देखिएपछि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो । त्यही समयदेखि उनी फरार भएका थिए ।
