Skin_Hospital_Dhn

बृद्धा आश्रमका लागी छुट्याइएको बजेट सुधार गृहमा लगाउने तयारी

धनगढी ।
धनगढी उप—महानगरपालिकाले लागु औषधको बिगबिगी बढेपछि बृद्धा आश्रमका लागी छुट्याइएको बजेट सुधार गृहमा लगाउने तयारी गरेको छ । उप—महानगरपालिकाले लागु औषधले बिकराल रुप लिइरहेका कारण बृद्धा आश्रमका लागी छुट्याइएको बजेट सुधार गृहमा लगाउने तयारी गरेको हो ।

कटक भण्डारी फाउण्डेशनले आयोजना गरेको लागु औषध दुव्र्यसन बिरुद्ध सचेतना कार्यक्रममा बोल्दै उप प्रमुख रानाले भनिन् “आर्थिक बर्षमा लागुऔषध न्युनिकरणका लागी १० लाख बजेट बिनियोजन गरेको थियो त्यो बजेटले धेरै काम गर्ने अवस्था भएन र धनगढी उप—महानगरपालिकाले मात्रै चाहेर न्युनिकरणपनि हुने भएन, त्यस कारण कैलाली र कञ्चनपुरका सबै पालिका मिलेर सुधार गृह बनाउने निर्णय गरेका छौँ, धनगढीले १० लाख र अन्य पालिकाले ५/५ लाख बजेट हाल्ने निर्णय भएको छ, चाँडै कार्यबिधि बनाएर सुधार गृहको काम अघी बढ्छ ।” धनगढीको फुलवारीमा त्यो सुधार गृह बनाउने मनसाय बनाएका छौँ उनले भनिन् “धनगढीले मात्रै चाहेर त्यो सफल हुँदैन सबैको सहकार्य रहे सफल भइन्छ ।”

धनगढी उप—महानगरपालिकाले बृद्धआश्रम बनाउँदैछ भनेर सुनेपछि बुवा आमालाई त्यहाँ राख्न यहाँका नागरिकलाई हतार भएको बताउँदै उप प्रमुख रानाले अब बृद्धाश्रम नभई सुधार गृह खुल्ने दावी गरिन् ।

कार्यक्रममा बोल्दै धनगढी उप—महानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्म ओझाले बिषेशगरी २ नम्बर वडा सिमासंग जोडिएको वडा भएका कारण लागुऔषध नियन्त्रणमा चुनौती देखिएको बताए ।

हामी कार्वाहीका कुरालाई जोड दिनुभन्दा लत पर्नुभन्दा पहिलेनै लत पर्नै नदिने खालका कार्यक्रम ल्याइरहेका छौँ उनले भने “वडाले सक्ने सचेतनाका कार्यक्रमहरु हामी गरिरहेका छौँ, हाल कटक भण्डारी फाउण्डेशनसंग सहकार्य गरेर बिद्यालय तथा यस्ता सुधार गृहमा कार्यक्रम गरिरहेका छौँ, यसको नियन्त्रणका लागी हामी निरन्तर लाग्नेछौँ र अन्य संघ संस्थाहरुलाइपनि सहकार्यका लागी अनुरोध गर्दछौँ ।”

कार्यक्रममा धनगढी उप—महानगरपालिका स्वास्थ्य संयोजक कृष्ण बोहराले मनोपरामर्ष दिएका थिए । लागुऔषध सेवनले गर्ने क्षती र यसबाट बच्ने उपायबारे उनले प्रकाश पारेका थिए । यस्तै ब्रहमकुमारी ईश्वरिय बिश्वबिद्यालय धनगढीका हेमराज भण्डारीले योग, आध्यात्मका माध्यमबाट कुलत कसरी छुटाउने भन्ने बिषयमा प्रस्तुती राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले लागुऔषध प्रयोगकर्ता तथा बेचबिखनमा सक्रिय भएकाहरु पक्राउ र कार्वाहीको अवस्था बारे जानकारी गराएका थिए ।

सम्बन्धित
Loading...