
काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । हिजाृे (बुधबार) राजीनामा दिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा स्वीकृत गरेका हुन् ।

जन्ममिति विवादका कारण सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा पत्र गृह मन्त्रालयमा पठाएको थियो । प्रहरीको उच्च अधिकारीको राजीनामा गृह मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गर्ने व्यवस्था छ ।

सिंहको कानुन अनुसार कायम हुने जन्ममिति अनुसार उनको सेवा अवधि गत जेठमै सकिइसकेको थियो ।
प्रहरी प्रवक्ता पोषराज पोखरेलले गृह मन्त्रालयबाट राजीनामा स्वीकृत भएको जानकारी आएको बताए ।
