Skin_Hospital_Dhn

हाइसको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी ।
कैलालीको बल्मीमा हाइसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हाइसको ठक्करबाट पैदल यात्री गौरीगङ्गा नगरपालिकाका ६५ वर्षीय केहुवा चौधरीको मृत्यु भएको हो ।

जिल्लाको गोदावरी नगरपालिका—९ बल्मीस्थित सडकमा बा. ५ ख ४०३२ नम्बरको हाइसको ठक्करबाट पैदल यात्री गौरीगङ्गा नगरपालिका—६ बस्ने ६५ वर्षीय केहुवा चौधरीको हिजो (बिहीबार) घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...