
अछाम ।
अछामको मेल्लेख गाउँपालिकामा एक जना मृत फेला परेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

दाने कामी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा हिजो (बिहीबार) मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
