Skin_Hospital_Dhn

कानुनी उपचार खोज्छु, मतदानमा अनियमितता भयो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन्।

नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले आफ्नो हार अस्वीकार गर्दै आएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले केही तत्वहरू आफ्नो पराजयमा सुरु देखि नै लागिरहेको आरोप लगाएका छन्।

उनले इलामका दुवै क्षेत्रमा निर्वाचन आयोगले मतगणना गरेर नतिजा घोषणा गरे पनि त्यसमा गम्भीर विवाद रहेको बताएका छन्।

‘मतदानको प्रक्रिया सुरु देखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ। ती मतपत्रहरू कसरी गायब भए ? कतिपय बाकसमा कसरी बढी हुन पुगेर ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन। त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ,’ खनालले भनेका छन्।

उनले निर्वाचनका क्रममा देखापरेका कमीकमजोरीहरू, त्रुटी र गल्तीहरूलाई उपयुक्त प्रक्रियाबाट सच्याइने उल्लेख गर्दै संविधान बमोजिम लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया स्थापित गरिने बताएका छन्।

खनाल बस्नेतसँग २ हजार ६ सय ६४ मतान्तरले पराजित भएका थिए। बस्नेतले २५ हजार ७ सय ५३ मत पाउँदा खनालले २३ हजार ८९ मत मात्रै ल्याए। हार निश्चित भएपछि खनाल गणना बहिस्कार गरेर निस्किएका थिए।

सम्बन्धित
Loading...