Skin_Hospital_Dhn

यूएई जान पाउनु पर्ने मागसहित लामिछानेले दायर गरेको रिटको सुनुवाइ आज हुदै

काठमाडौं ।
क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित लामिछानेले दायर गरेको रिटको सुनुवाइ आज हुदैछ ।

क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि विदेश जान लगाइएको रोकको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेका थिए । उनले दायर गरेको रिटको आज (शुक्रबार) पेशी तोकिएको छ ।

आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले हिजो (बिहीबार) निवेदन दिएपछि सर्वोच्चले यसको सुनुवाइ आज गर्न लागेको हो । विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपले हिजो सर्वोच्चमा निवेदन दिएका थिए ।

पेसी तोकिएपछि शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न यूएई जान पाउनेछन् । तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको यूएई यात्रा रोकिने छ ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको टोलीमा सन्दीपलाई समावेश गरिएको छैन ।

सम्बन्धित
Loading...