युरोपा लिग : डि मारियाको ह्याट्रिकसंगै युभेन्टस अन्तिम १६ मा प्रवेश

युरोपा लिग फुटबलको अन्तिम १६ मा इटालियन क्लब युभेन्टस प्रवेश गरेको छ । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकसंगै युभेन्टस अन्तिम १६ मा प्रवेश गरेको हो ।

हिजो (बिहीबार) राति भएको नकआउट चरणको प्ले अफको दोस्रो खेलमा नान्टेसलाई ३—० ले पराजित गर्दै समग्रमा ४—१ को जितसहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

सुरुवातबाटै दबाब बनाएको युभेन्टसका लागि खेलको पाँचौँ मिनेटमा डी मारियाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा एन पालोइसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो। खेलको २० औँ मिनेटमा डी मारियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७८ औँ मिनेटमा डी मारियाले ह्याट्रिक पूरागर्दै युभेन्ट्सलाई ३—० को जित दिलाए । यसअघि पहिलो लेगमा दुवै टिमले१—१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै, अन्य खेलमा इटालियन क्लब रोमा र स्पेनिस क्लब सेभियाले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...