
डडेल्धुरा: तीज नजिकिएसँगै नयाँ–नयाँ गीतहरू दिनहुँजसो सार्वजनिक भइरहेका छन्। यसैक्रममा गायक राज कुमारको स्वर रहेको तीज गीत ‘छमछमी’ सार्वजनिक भएको छ।
हेमराज योगी अफिसियल युट्युब च्यानमार्फत् सो गीत शनिबार सर्वाजनिक गरिएको हो। स्वरमा राज कुमारलाई गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्। हेमराज योगीको शब्द र संगीत रहेको उक्त तीज गीतमा संगीत संयोजन विनोद बाजुरालीको छ।


उक्त गीतको म्यूजिक भिडिओ निर्देशन दिनेशसिंह ठकुरीको रहेको छ। मोडेल विजय केसी र अञ्जली मगर्नीको अभिनय रहेको उक्त भिडिओको निर्देशन सरोज शाहीले गरेका हुन्।
हेर्नुस् भिडिओ–
