श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा हिजो (बिहीबार) दिउँसो एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलका नगरपालिका—९ भचुवा बस्ने बिनोद पौडेललाई आफ्नै श्रीमती युनिशा खत्रीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

Kanun123

उदयपुर जिल्लाको बेलका नगरपालिका—९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई आफ्नै २० वर्षीया श्रीमती युनिशा खत्री पौडेलको सोही नगरपालिका—६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा सँगै घाँस काट्न गएको बेला खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Kailali_mahotsab
सम्बन्धित
Loading...